Tuesday, March 22, 2011

आयौ भने पनि/आइनौ भने पनि

हिजो आज त भोलिका

जीवनका हरेक क्षणहरु

भाग्यमा लेखिएको भए,

म उदेश्यहीन बतासको

नलेखिएको ईतिहासमा

तिम्रा सपनाहरु देखिएको भए,

मेरो खुला निमन्त्रणा छ,

मेरो यही प्रेमिलो आशा छ-



समुन्द्र र शितलहरझै

हाम्रो संगम पक्कै होला

मेरो यात्रा कवी सम्मको छ,

तिम्रो यात्रा रवी सम्मको छ,

बिच बाटोमा मायाको ठक्कर लागे,

दु:ख सुखमा दुई आत्मामा

एउटै सुशेली पक्कै बज्ला ।



मेरी नयाँ साथी !

तिमी आयौ भने पनि/आइनौ भने पनि,

म किन!रको पिपल छायामा बसेर

तिमी नदी बगेको हेर्नेछु,

मेरी अनन्त यात्राकी

सम्भावित सहयात्री !

तिमी मसँग छायौ भने पनि/ छाइनौ भने पनि

यही दुई पललाई सम्झेर

बिरहको कविता केर्नेछु ।



डर यति मात्र हो-

यदि मोहनी लगायौ भने,

मबाट

मेरो मुटु चोरेर भागायौ भने,

म गरिव भिखरी

मायाको कमन्डलु बोकेर

को सँग मायाको भिख मागुँ?

तिमी सपना श्रीगार्ने मान्छे,

सागर पुगेर मलाई बिर्सियौ भने

म फेदिमा बसेर

को सँग तिम्रो ठेगाना सोधु??


3/21/2011

Irving, Texas

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *