Sunday, November 7, 2010

सुत्न पनि मलाई गार्हो छ

ब्राम्हान्डको यो शुन्यको
एउटा कण म
दिम!गी त्यन्द्रोको तन्तु केलाउदै ,
सोच माथि सोच थुपार्दै  ,
सपनामाथी सपना सजाउदै ,
राम र श्याम गुहार्छु
Gurdjieff र Nietzsche लाई नियाल्छु ,
आसु बगाउछु ,
प्राथना गर्छु ,
तर न कुनै बुद्ध भेट्छु ,
न कुनै बुद्धत्व भेट्छु ;
भेट्छु त केवल एउटा समय
जो नियन्त्रण गर्न सकिन्न
र जो भगवानको रहस्य झै बिरोधभासपुर्ण छ ,
र देख्छु मेरा समक!लिनहरु:
जो समयको ख्याल नगरेर
मस्त निन्द्रामा छन् ,
मानव अस्तित्वका प्रत्यक नियमहरु
धर्मभ्रस्ट भएका छन् ,
म सबै देखिरहेछु ;
मेरा समकालिनहरु सपनमा पनि देख्दैनन्
यहाँ प्रेम र आत्मियताका हरेक प्रर्थनाहरु
दबाइएका छन् ,
म सबै सुनिरहेछु ,
तर मेरा समकालिनहरु सुन्दैनन्
वा सुनेर पनि नसुने झै गर्छन् ,
यहाँ अन्याय भएको छ ,
यहाँ पाप बढेको छ,
यहाँ श्राप लागेको छ,
जाली भटाहाहरु
राजा भएका छन्
बलिया बाङगाले
गाईझै गुनिला आत्माहरु मारेका छन् ,
म सबै भोगिरहेछु ,
मेरा समकालिनहरु त्यती टाढा सोच्दैनन ,
यहाँ रोग, भोक, शोक, गरिबी देखेर
मेरो मन जलेको छ ,
प्रत्यक असमानता र अत्याचारहरु देखेर
मेरो दिमाग गलेको छ ...

मेरा सम्मकालिनहरु सुतिरहेछन,
ब्युझिन उनीहरुलाई सार्हो छ ,
म ब्युझिरहेछु ,
सुत्न पनि मलाई गार्हो छ ।


24th Oct 2010
G. Saline, Texas

Contact Form

Name

Email *

Message *