Saturday, October 9, 2010

तिमीमै मेरो कबिता बन्छ

कहिले दुनियाँसँग

अपहेलित भएर

कहिले संसारसँग

थकित भएर

मेरो कथाहरु

तिमीलाई नै त पोख्छु,

मेरो ब्यथाहरु

तिमीलाई नै त सुनाउछु,

जुन कुरा तिमी

आधी त सुन्दिनौ ,

त्यसको आधी त बुझ्धिनौ ,

तै पनि म जोगीको घरको

सन्यसी पाहुनाझै

एकनास सुक्सुकाई रहन्छु,

तै पनि म

प्रेम पिडामा परेको

गनगने पागझैं

तिमी संगै भुत्भुतई रहन्छु ।
 
 
संसार त बिरानो छ,

सम्सरको मन पनि सानो छ,

यसमा खाली

बिहेको मात्र सम्बन्धलाई पूजा गरिन्छ,

येसमा हरेक प्रितीको बोट मरिन्छ,

यसमा हरेक प्रेम कहानीहरु

धुजा धुजा परिन्छ ।
 
 
किन आफुलाई

"नजिकको तिर्थ" भन्छौ?

किन आफ्नो प्रितलाई

ब्यर्थ भन्छौ?

किन आतिन्छौ?

किन शंका गर्छौ?

म त सौन्दर्यको पुजारी हुँ,

म त भगवानको कवी हुँ।

ग्रिसमको ठन्डीमा

शितमा वोइलाए पनि

फूलमा सार्है सौन्दर्य देख्छु,

अरुलाई घिन लाग्ने

आफ्न बच्चा र अरुका बुढीमा

म बारम्बार कहानी लेख्छु,

मेरो मनमा पाप छैन,

मलाई कुनै पस्चताप छैन।



तथापी,

जव जव

एक्लोपनमा निससिन्छु,

जव जव

पापी संसार सँग आतिन्छु,

मेरो धर्मराउदो विश्वाश

तिम्रै काखमा गई,

लाहाडे बालकझैं लुट्पुटिन्छ,

जव जव

तिमी म सँग हून्नौ,

पानी बिनाको माछोझैं

एक तमासमा छट्पटिन्छु ।



मेरो छाती फुटायर हेर,

त्यहा तिम्रो तस्बीर हुन्छ,

मलाई प्रेमको परिभाशा नसोध,

प्रेममा

पिरमा पनि सुख

र सुखमा पनि पिर हुन्छ,

तिमी मेरै कबितामा

आफुलाई खोज

तिमी मेरै गीतहरुमा

आफुलाई रोज ।


यहाँ म छु,

यहाँ तिमी छौ,

चौतारीको भेट हो यो

युग युग त छदै छ पछिलाई

अहिलेलाई
 
केवल त्यती भए पुग्छ,

अहिले यही कबिता बन्छ,

यहीं प्रेमको सरिता बग्छ,

तिमीमै मेरो

गीतको भाका लहराँउछ,

तिम्रो खुशीमै मेरो

प्रितीको झन्डा फहराँउछ ।

  
Oct 08, 2010
G. Saline, Texas

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *