Tuesday, October 5, 2010

केही त बोल मायालु !

तिमी कसैको भुत्ले छातीमा
आफुलाई लुकायर
सुरक्षित भएको भानमा
बाख्राको पाठीझै उफ्रिन्छौ
अलिकती रातो धुलो
टाउकोमा हालेर
आफुलाई "बिबहित", र "फलनोको श्रीमती" भनेर
सार्वजनिक ठाउँमा कुर्लिन्छौ ।

कही कतै पुर्बजन्म र पुनर्जनमको
Synchronicityमा आस्चर्यचकित भएर
म जस्तै कहीले घत्लियेकी छौ?
भाबीको लेखाको अगाडि
दास भएर
हार स्विकारेको पराजित योधाझै
रुदै हाँस्दै र हाँस्दै रोयेकी छौ?


मेरो प्रश्नले
तिमी ठुलो घाऊ लागेझै गर्छौ,
मेरो सन्देशलाई तिमी
पापको दाउ गरेको मान्छौ ।

तिमी कस्तुरी हौ

जो आफुलाई नै चिन्न सक्दैन
जो आफ्नो अस्तित्वलाई
अरुमा खोज्न बिबस हुन्छ
म त
सृस्‍टि को पहिलो दिन देखी नै
तिमीलाई नै पर्खिरहेको छु,
मुटुलाई धेरै नजलाउ,
मलाई पागल नबनाउ,
मलाइ पापी नभन,
केही त बोल मायालु !
मेरो भगवानलाई
दुखी नबनाउ ।


Oct 2nd 2010
G. Saline, Texas

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *