जीवनका प्रत्यक मोडहरुमा
उकाली र ओरालीहरुमा
हरेक पटक
हार पछी घाटाको सन्धी गरेर
एउटा खाडल खन्छु,
फेरी पुर्छु,
निरन्तर खाल्डा खनिरहन्छु,
र आफ्नै पानी खाने इनारमा पर्छु ।
कहिले दुनियासँग
कहिले भागवानसँग
जीवनको अर्थ खोज्छु,
कहिले आफैसँग भुत्भुताइरहन्छु,
प्रेम्, बध्यता, कर्तब्य र धर्मका सिधान्तहरुमा
म तर्क बितर्क गरिरहन्छु,
कती कमजोर छ भाग्य
आफ्नै मुटुमा ढुङामुडा गरिरहन्छु |
ईश्वर!
आउ र मलाई बचाउ,
मेरा तुहिएका सपनाहरुमा
मेरा काठयाङग्रीएका बिपनाहरुमा
कुनै कर्मयोगको मलम लगाउ ।
म
प्र|र्थना गरिरहन्छु,
अनिश्चित आशमा
आत्माकै बाटो हिडिरहन्छु,
म अरबौ सेनाहरु ढलिसकेर
युदको मैदानमा बचेको फगत एक्लो
योद्दा हुँ दुर्योधन जस्तै ,
त्यसैले त हार्ने युद्द पनि
अन्तिम सम्म लडिरहन्छु ।
म पापी त हैन,
म सँग पाप छैन,
एउटा पिलन्धरे कवि न हुँ,
म आफ्नै मृत कबिताहरुमा
प्रत्यक दिन बाचिरहन्छु,
ईश्वर! तिमीले दया नगरुन्जेल
म तिम्रै निम्तोमा
एक पछी अनेक आत्महत्या गरिरहन्छु ।
April 21, 2011
Irving, TX
No comments:
Post a Comment