मैले एकपल्ट देखेथें
तिम्रो आंखाभरि
सायद
पि्रतिका लािग
छछल्किएका आंसु
बर्षायाम पछिको पानीको एक थोपा
सुनौलो घाममा लोलाएको
कर्कलाको पातमा अडिएझैं
टिलपिल टिलपिल चम्किराखेको ।
तिमीले त मलाई
देखेर पनि याद गरिनौ
म त तिम्रो लागि भएं
एउटा औपन्यासिक पात्र जस्तै
कता बिसर्िएको सपनाझैं
पहाडबाट भत्केको पहरा जस्तै
उखेलिएको बिरुवाको जरा जस्तै
बेरस अनुत्साही र अल्छि ।
म बाटो थिएं
तिमी बटुवा थियौ
म घृणित र तिरस्कृत मन थिए
तिमी सपनादार हृदयको आकर्षण थियौ
मलाई कुल्चिएर तिमी हिडी रह्यौ
तिम्रो आगमनको स्वागत
बाटो छेउका फूलहरुले गरिराखेका थिए
तर धमिलै थिए
तिमीमा अनौठो कान्ति थियो ।
तिमी हिडिराख्यौ
मैले हेरी राखें
मिठो कल्पनामा सुरेली खेल्दै
छट्पटाइ छट्पटाइ
तिम्रो भित्री मनलाई हेरें
अन्जान थियाे पवित्र थियो
मेरो अमूर्त चित्र थियो
आफ्नो मनलाई मैले बुझिन
तिमीलाई सम्हालीदिने
आग्रह पनि गर्न सकिन
केवल एउटा गीत गुन्गुनाएं ।
२०५५-४-११
No comments:
Post a Comment