जव भगवान
आकास र पातल बनाउदै,
मानव जीवनको सुर्सार कस्दा भए,
म अदम भएर
तिमी एभसँग
एदनको बगैचामा
प्रितीको गीत गाउदै थिएँ
यो हाम्रो सम्बनधको राज
तिम्रो हातमा थमाउदै थिएँ,
कुनै बेला प्रलय हुँदा
जब
संसारलाई बाढीले बगाउदै थियो,
म नोआ भएर
तिमी सँग संसारको बिडो
थाम्दै थिएँ
एतीहासमा मायाको बुट्टा खोप्दै थिएँ,
सृस्टिको बिउ छर्कदै थिएँ ।
तिनै दिनहरु देखि
मेरा सपनीहरुमा
पुर्बजनमको झझलको पाँउदै,
म तिमीलाई
मायालु भनेर पुकार्छु,
मेरो बिपनीहरुमा
तिम्रै तस्बिर हेरेर
तिम्रा गिला आँखाहरुमा
आफुलाई
परम त्रिप्त भएको स्विकार्छु,
तर आज सम्म पनि
कहाँ छौ मयालु?
म तिर्खाए पनि
तिम्रै अमृत खोज्दछु,
म रन्थनिए पनि
तिम्रै शरण रोज्दछु ।
अरु
के चिनारी दिऊ तिमीलाई?
अरु
के भनेर बुझाउ तिमीलाई?
पुर्णिमा को जुन झै
कहिले झुल्किन्छौ
मेरो आकसमा ?
बसन्तको बाहरझै
कहिले सुबसिन्छौ
मेरो बतासमा ?
मायलु! थकित छु;
प्रिय म चकित छु,
कहिले चिन्छौ मलाई ?
कहिले निन्द्राबाट जाग्छौ ?
बिपनाबाट किन यसरी
सपना जसरी भाग्छौ ?
Oct 09, 2010
Terrell, Texas
No comments:
Post a Comment