मेरो जीवन
एकपल्ट उखेलियेको बिरुवा हो,
यसमा कुनै फूल नफुल्न सक्छ
मेरो कहनी
मरुभुमीको जवानी हो,
जसमा मुनै मुल नफुट्न सक्छ ।
बार्ह बर्षमा
नदीले पनि बाटो फेर्छ,
एकजुगमा एकदिन
प्रलय पनि आउछ
तर कति कठोर हो तिम्रो मन
जसलाई मुटु खन्यायेर
प्रेमको गीत पठाउदा
दुई शब्द लेख्न पनि म!न्दैन ?
कस्तो कठोर हो त्यो आत्मा
जस्ले बार्ह बर्ष सम्म घायल प्रेमको
एउटा पनि मलाम जादैन?
मेरा तितरबितर सपनाहरुमा
भबिस्यको कुनै मोहनी छैन,
मेरो रसिक कबिताहरुमा
कुनै पस्चतापको ध्वोनी पनि छैन,
मेरो जीवन खाली कागज जस्तै हो,
यसमा जे लेखे पनि हुन्छ,
मेरो प्रेममा बासना त छैन,
यसमा जे देखे पनि हुन्छ,
झन्झट लागे च्यतिदिय पनि हुन्छ
किनकी मेरो मनमा
भुतको को कुनै त्रास छैन,
मेरो मनमा भबिस्यको कुनै आस पनि छैन,
छ त केवल एक एक शुन्यता ...
जुन शुन्यतामा
हरेक युगका प्रेमिप्रेमिकाहरु
प्रितिको भगिरथ तपस्या गर्छन,
बिना कुनै हिच्किचवअट
आफ्ना आत्मादेखी,
प्रेमेश्वोरको प्राथना गर्छन।
म त्यही प्राथनासंगै
प्रेमको घाउमा चर्किरहन्छु,
तिम्रो मन नपग्लुन्जेल
म जवाफ पर्खिरहन्छु ।
October 2nd 2010
Grand Saline, Texas
Yes there is and a faithful one at that.
ReplyDelete