उही काका नपर्ने भगवानले
दुई मुठी सास हालेर
यस धर्तीमा फालिदिएकाछन्,
त्यसमाथि नाना-भातिका
गिजोलगाजल हालिदिएकाछन्,
यो निरर्थक भौतिक्तामा
सबै रमाएको बेला
मेरो गीतन्जली
सुनिदेने पनि कोही छैन,
यो क्षणिक लीलामा
सबै रमाएको बेला
मेरो कबिता
गुनिदिने पनि कोहि छैन ।
अत्रिप्ती ...
निरश ...
अन्धकार ...
कोलाहाल...
कौवाको भिडमा बकुल्ला...
कहाँ जाउ ?
के गरु ?
छोटो लगौटी भएको छ जिन्दगि ।
यता ताने उता फुस्किने,
उता ताने यता खुस्किने,
छोटो लगौटी भएको छ जिन्दगि ।
यो संसारमा मलाई
न भुतको पस्चताप छ,
यो संसारमा मलाई
न भबिस्वको चिन्ता छ,
छ त केवल बर्तमानको गुनासो
हिजोको भबिस्य र भोलीको भुतको...
येतिबेलाको मात्र...
मलाई मरेपछीको
स्वर्गको मतलब छैन
मरे पछि मरिहाल्छु;
यही प्रिथीमा स्वर्गको उर्जा छ...
स्वर्ग त मेरो घर नै हो,
एकदिन पुगिहाल्छु
तर यो मेरो आधार-सिबिरमा बसुन्जेल
पानी पधेरो त धाउनै पर्यो
छोटै नै भए पनि
लगौटी त लाउनै पर्यो ।
मर्नु त छदै छ एक दिन
मर्नलाई डर थिएन,
बाँच्न नै मन नभए
बाँच्नलाई पनि कर थिएन,
तर सोच्छु:
जस्तो भए पनि
जीवनको दान पाएको छु
एक चोटि फेरि
जीवनको गीत त गाउनै पर्यो,
छोटो नै भए पनि
लगौटी त लाउनै पर्यो ।
हरेक एकान्त क्षणमा
मेरो पुकार यति हो
निर्दयी परमात्मासँग
मेरो गुहार त्यती हो:
मेरा अनगिन्ती आसुहरुमा
एउटा चासो पनि लिन सकेनौ ?
फलिनै त दियौ यो स्वर्ग रुपी नर्गमा,
एउटा गतिलो जीवन-लगौटी पनि दिन सकेनौ ?
Oct 24th 2010
Irving, Tx
दुई मुठी सास हालेर
यस धर्तीमा फालिदिएकाछन्,
त्यसमाथि नाना-भातिका
गिजोलगाजल हालिदिएकाछन्,
यो निरर्थक भौतिक्तामा
सबै रमाएको बेला
मेरो गीतन्जली
सुनिदेने पनि कोही छैन,
यो क्षणिक लीलामा
सबै रमाएको बेला
मेरो कबिता
गुनिदिने पनि कोहि छैन ।
अत्रिप्ती ...
निरश ...
अन्धकार ...
कोलाहाल...
कौवाको भिडमा बकुल्ला...
कहाँ जाउ ?
के गरु ?
छोटो लगौटी भएको छ जिन्दगि ।
यता ताने उता फुस्किने,
उता ताने यता खुस्किने,
छोटो लगौटी भएको छ जिन्दगि ।
यो संसारमा मलाई
न भुतको पस्चताप छ,
यो संसारमा मलाई
न भबिस्वको चिन्ता छ,
छ त केवल बर्तमानको गुनासो
हिजोको भबिस्य र भोलीको भुतको...
येतिबेलाको मात्र...
मलाई मरेपछीको
स्वर्गको मतलब छैन
मरे पछि मरिहाल्छु;
यही प्रिथीमा स्वर्गको उर्जा छ...
स्वर्ग त मेरो घर नै हो,
एकदिन पुगिहाल्छु
तर यो मेरो आधार-सिबिरमा बसुन्जेल
पानी पधेरो त धाउनै पर्यो
छोटै नै भए पनि
लगौटी त लाउनै पर्यो ।
मर्नु त छदै छ एक दिन
मर्नलाई डर थिएन,
बाँच्न नै मन नभए
बाँच्नलाई पनि कर थिएन,
तर सोच्छु:
जस्तो भए पनि
जीवनको दान पाएको छु
एक चोटि फेरि
जीवनको गीत त गाउनै पर्यो,
छोटो नै भए पनि
लगौटी त लाउनै पर्यो ।
हरेक एकान्त क्षणमा
मेरो पुकार यति हो
निर्दयी परमात्मासँग
मेरो गुहार त्यती हो:
मेरा अनगिन्ती आसुहरुमा
एउटा चासो पनि लिन सकेनौ ?
फलिनै त दियौ यो स्वर्ग रुपी नर्गमा,
एउटा गतिलो जीवन-लगौटी पनि दिन सकेनौ ?
Oct 24th 2010
Irving, Tx
No comments:
Post a Comment