मनभित्रका संघर्ष
बर्षायामको बादलझैं
कालो- निलोभै मडरिंदा,
सुनौलो भबिस्यका योजना
आखैं अगाडि पछारिंदा,
मनको भुइंचालो जांदा,
सपनाको पहिरो लडदा,
बीरहको बाढी आउदा,
निराशाको हुरी चल्दा,
न गीतले मन भुल्छ,
न फूलले मन् झुल्छ,
केबल मौन आत्मा
सडकभरि भौतारिएर,
कहालिएर,
अत्तालिएर,
अफ्नै चिरपरिचित शहरमा पस्न
खोज्छ;
अफ्नै आधारशिबिरमा बस्न रोज्छ
...
थकित ह्रिदयको एक तरङ
आफैं रङिन भएर
खडेरी परेको भाग्यमा
आशुले सिचाई गर्छ,
पहिरो गएको मुटुमा
आशाको पूल हाल्छ,
डांडापारीको
घामझैं
उदास भएर सुस्ताए
पनि
त्रसित मनको एक
तरङ
थकित पाउंमा,
इश्र्वर भाकी
प्रथानाको मलम लाउंछ;
अौशीको रातको
जुनकिरिझैं
अधितिय अस्तित्व खोज्छ,
युद्द हारे पनि
जीवन पाएको योद्दाझैं
भोलीको आशमा,
दियो बालेर भरोशामा
अफ्नै चिरपरिचित शहरमा पस्न
खोज्छ;
अफ्नै आधारशिबिरमा बस्न रोज्छ
।
June 21st 2015