Wednesday, September 29, 2010

मेरो कुनै देश छैन

तिम्रो देशका प्रत्येक बोर्डेर्हरुमा
देशभक्त कहलाउदा मुर्खहरुको रगत बगेको छ,
तिम्रा प्रतेक लडाईंका बिजयहरुमा,
मानवताको बली चडाइेको छ,
तिमी छाती ठोक्दै, टाउको छिनाउदै,
राष्ट्र प्रेमको गीत गौछौ
बुट पड्काउदै, सलाम ठोक्दै,
काल्पनिक सिमारेखाहरु खिच्छौ,
म मानबलाई दानब बनाउने कुनै राष्ट्र प्रेम किन्दिन
म प्रिथी एक देख्छु, त्यसको कुनै रेखा चिन्दिन ।
मेरो कुनै देश छैन,
म कुनै भेशको होइन।


बुद्ध नेपालमा जन्मिएर के भो?
बुद्ध एथिओपियामा नहुर्किएर के भो?
मरिसकेको बुद्धलाई उठाएर,
किन आफु जस्तै जिवित लास बनाउछौ?
बुद्ध जहाँ जन्मे पनि,
जहाँ हुर्के पनि, बुध्ह नै हुन्छ
बुद्धत्व कही गएर पनि नस्ट हुँदैन,
आफु भित्रको बुध्हालैइ हेर!
ब्रम्हन्डको हरेक कणकणको अध्यत्मिक थर्थरहटबाट
जुन ॐकार तिमी भित्र गुन्जिन्छ,
के त्यसमा तिमी हजारौं बुध्हहरु सुन्दैनौ?
के त्यहा हजारौ ख्रैस्टहरुको ज्योति भेट्दैनौ?
तर तिमी फगत नागरिकता र पस्स्पोर्टमा बल्झिरहन्छौ
तर तिमी ख्रैस्ट र बुद्धको रास्ट्रियतामा अल्झिरहन्छौ ।
भगवानको नाममा तरबार उथौछौ,
मान्छेका निर्दोस् मुटुमा रान्स्ट्रियताको फोहोरि झन्दा गाड्छौ,
म बुद्ध र जिससको महिमा झन्डाहरुमा देख्दिन
म मान्छे ले मान्छे मारेको कथाहरु लेख्दिन।
 मेरो कुनै देश छैन,
म कुनै भेशको होइन।


तिमी आफ्ना बिचराका सिचाइहरुमा
कपोकल्पित पर्खाल लायर,
खोला वारी फलानो देश बनाउछौ,
र खोला पारी तिलानो देश थडाउछौ,
म तिम्रो पर्खालमा बाधिन्न
र तिमिझै बिचारको शिचाइ गर्दिन
खोला मेरो लगी खोला मात्र हो,
हिमाल मेरो लगी हिमाल मात्र हो,
बिचारको चरी केवल टाउकोको पिजडा भित्रमात्र फिट् फिटिन सक्छ
तिम्रो रास्ट्रप्रेमको रुन्चे गिड् गिहाडमा
प्रजतन्त्र बन्धित छ,
स्वोतन्त्रता बिभजीत छ,
खोलाले दुइ भाइको प्रेममा पर्खाल लाउन सक्दैन,
हिमालले दुइ आत्मालाइ मिलनमा आगो लगाउन सक्दैन
सगरमाथाले जसरी नेपल र भारत चिन्दैन,
म पनि अंेरिका र
क्यनाडा चिन्दिन;
असिअन् र अफ्रिकि चिन्दिन।
मेरो कुनै देश छैन,
म कुनै भेशको होइन।

प्रत्यक क्षण प्राण दिने हावा,
बिना पास्पोर्ट सबैलाई स्याहार्छ,
रास्ट्रियता नसोधी बदलले पानी पर्छ,
बिना झन्डा सुर्य उदाउछ,
बिना लडाई तारा टिल्पिलाउछ,
बिना काटाकाट गुलाफ फक्रिन्छ,
आकाश्को कुनै रस्त्रियता छैन,
प्रिथ्विको कुनै नागरिकता छैन !


तिमी खुकुरी टल्काएर मलाई
रास्ट्रियताको पाठ पढउछौ,
तिमी तोपी ढल्कायर मलाई
अंेरिक र नेपाल चिनउछौ,
तर मेरो मुटुमा कुनै घ्रिणा छैन
छिमेकी भाईलाई मेरो मनमा पर्खाल छैन,
म त खालि यात्री हु दुइ दिनको,
मेरो समय छ्याल्फ्याल छैन
प्रिथ्वि मेरा लगि एक छ,
त्यहा कुनै रगतको आहाल छैन।
म भगवानको मान्छे हु,
मन्छेमा प्रेमको उपहार् खोज्छु,
निर्दोस् आत्माले हरपल परमात्माको सार खोज्छु,
मलाई टोपी नभिराउु,
मलाई टाईले पनि ननिस्याउ
किनकि मेरो कुनै देश छैन,
म कुनै भेशको होइन।


28 sep 2010
Desoto, Texas

Contact Form

Name

Email *

Message *